प्रश्नोत्तर
तपाईंका प्रश्न, हाम्रा जवाफ
छोटो र स्पष्ट जवाफ। यहाँ नभेटिएको प्रश्न छ भने हामीलाई इमेल गर्नुहोस्।
Dekita के हो?
Dekita तपाईंको व्यक्तिगत हिसाब राख्ने एप हो। यसले तपाईंका खाता, क्रेडिट कार्ड, सब्सक्रिप्सन र कसले कसलाई कति दिनुपर्छ भन्ने हिसाब, जुनसुकै मुद्रामा, नेपाल राष्ट्र बैंकको ताजा विनिमय दरसहित राख्छ।
तपाईं नगद, बैंक र वालेट (जस्तै eSewa, Khalti) को ब्यालेन्स, कार्डको बाँकी, तलब, सब्सक्रिप्सन र साथीभाइ वा परिवारसँगको लेनदेन लेख्नुहुन्छ, अनि Dekita ले तपाईंको कुल स्थिति नेपाली रुपैयाँमा देखाउँछ।
Dekita कहिलेदेखि चलाउन पाइन्छ?
Dekita अहिले अर्ली एक्सेसमा छ। Google Play मा नआउन्जेल निमन्त्रणा पाएकाले मात्र खाता खोल्न सक्नुहुन्छ।
यही वेबसाइटमा प्रतीक्षा सूचीमा नाम लेखाउनुहोस्, तपाईंको पालो आएपछि हामी इमेल गर्छौं। Dekita छिट्टै Android मा आउँदैछ, iPhone मा पछि।
के Dekita ले मेरो बैंक, कार्ड वा eSewa खातामा पहुँच लिन्छ?
लिँदैन। Dekita ले बैंक, कार्ड वा वालेटको लगइन कहिल्यै माग्दैन। तपाईं आफैं Quick add बाट केही ट्यापमै हिसाब लेख्नुहुन्छ।
कार्डको लागि Dekita ले नाम र अन्तिम ४ अङ्क मात्र राख्छ। पूरा कार्ड नम्बर जस्तो देखिने कुरा यसले स्वीकार गर्दैन।
के Dekita बैंक वा वालेट हो? यसले पैसा पठाउन सक्छ?
होइन। Dekita हिसाब राख्ने एप मात्र हो। यसले पैसा राख्दैन, पठाउँदैन, सापटी दिँदैन, उठाउँदैन, र वित्तीय सल्लाह पनि दिँदैन। यसले तपाईंको हिसाब मिलाएर राख्छ, ताकि तपाईंलाई आफ्नो अवस्था थाहा होस्।
मेरो डेटा सुरक्षित छ? कसले हेर्न सक्छ?
तपाईंको हिसाब तपाईंले मात्र हेर्न सक्नुहुन्छ। Dekita मा विज्ञापन छैन, ट्र्याकर छैन, र हामी तपाईंको डेटा कहिल्यै बेच्दैनौं वा अरूलाई दिँदैनौं।
एप खोल्दा हरेक पटक औंठाछाप वा पासवर्ड माग्छ। जडान HTTPS मार्फत हुन्छ, र डाटाबेसले नै हरेक खातालाई अरूबाट छुट्टै राख्छ। तपाईंको डेटा हाम्रो सर्भरमा रहन्छ, तर त्यो तपाईंकै हो: जहिले पनि निर्यात गर्नुहोस्, जहिले पनि मेटाउनुहोस्।
Dekita ले कुन विनिमय दर प्रयोग गर्छ?
Dekita ले नेपाल राष्ट्र बैंक (NRB) ले प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर प्रयोग गर्छ, जुन दिनमा धेरै पटक ताजा गरिन्छ। हरेक प्रविष्टिले आफ्नै मितिको दर राख्छ, त्यसैले दर बदलिँदा पुराना हिसाब बदलिँदैनन्।
NRB ले प्रकाशित नगर्ने केही मुद्रा (PHP, IDR, BDT, PKR, LKR, MVR र VND) का लागि Dekita ले "Reference rate · not NRB" लेखिएको सन्दर्भ दर देखाउँछ। दरहरू सन्दर्भका लागि मात्र हुन्।
कसले मलाई कति दिनुपर्छ भन्ने हिसाब राख्न सकिन्छ?
सकिन्छ। व्यक्ति थप्नुहोस् र दिएको वा लिएको पैसा जुनसुकै मुद्रामा लेख्नुहोस्। आंशिक भुक्तानी वा थप रकम भएपिच्छे लेख्दै जानुहोस्, हरेक व्यक्तिको चालु ब्यालेन्ससहितको विवरण बन्छ। Dekita ले हिसाब मात्र राख्छ, सापटी दिँदैन र पैसा उठाउँदैन।
क्रेडिट कार्ड तिर्ने मिति सम्झाउँछ?
सम्झाउँछ। कार्डको स्टेटमेन्ट दिन र तिर्ने दिन राख्नुहोस्, Dekita ले सोही दिन, वा १, ३ वा ७ दिनअघि सम्झाउँछ। सम्झना सामान्यतया बिहान ९ बजे (नेपाली समय) आउँछ।
उठाउनुपर्ने पैसा, तिर्नुपर्ने पैसा, सब्सक्रिप्सन नवीकरण र आउनुपर्ने तलबको पनि सम्झना गराउन सक्छ।
विदेशमा कमाउने वा घर पैसा पठाउनेले प्रयोग गर्न मिल्छ?
मिल्छ। USD, AED, INR, QAR, SAR, MYR, EUR, GBP लगायत करिब ३० मुद्रामा रकम लेख्न सकिन्छ। Dekita ले हरेकलाई सोही दिनको NRB दरमा रुपैयाँमा बदलेर एउटै स्पष्ट जम्मा देखाउँछ।
रकम लाख र करोडमा देखाउँछ?
देखाउँछ। रुपैयाँ नेपाली शैलीमा देखिन्छ, जस्तै 1,234,567 होइन, Rs 12,34,567।
एप नेपालीमा छ?
एप अहिले अङ्ग्रेजीमा छ। यो वेबसाइट भने अङ्ग्रेजी र नेपाली दुवैमा छ।
आफ्नो डेटा निर्यात गर्न वा मेटाउन सकिन्छ?
सकिन्छ। Settings → Export all ले तपाईंका खाता, कार्ड, व्यक्ति, सब्सक्रिप्सन र इतिहास Excel वा Google Sheets मा खुल्ने CSV फाइलमा सेभ गर्छ।
Settings बाट जहिले पनि खाता मेटाउन सक्नुहुन्छ, वा हामीलाई इमेल गर्न सक्नुहुन्छ। तरिका खाता मेटाउने पेजमा छ।
Dekita iPhone मा छ?
अहिले छैन। Dekita छिट्टै Android मा आउँदैछ, iPhone संस्करण पछि आउनेछ।
"Hey Dekita" भनेको एपसँग बोल्न मिल्छ भन्ने हो?
"Hey Dekita, do my accounts" भनेको "हिसाबको झन्झट Dekita लाई छोड्नुहोस्" भन्ने हाम्रो रमाइलो भनाइ मात्र हो। एपमा आवाजबाट चल्ने सहायक छैन। तपाईं Quick add बाट हिसाब लेख्नुहुन्छ, जोडघटाउ, मुद्रा परिवर्तन र सम्झना Dekita ले गर्छ।
अझै प्रश्न छ? support@heydekita.com